दिमागको कोषहरुमा हुने ट्युमरलाई ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर हुँदा दिमागको कोषहरुमा घाउ बन्न थाल्दछ र त्यो क्यान्सरको रुपमा परिणत भइ शरीरका अन्य भागहरुमा समेत असर पुर्‍याउँदछ । क्यान्सरजन्य कोषिकाहरु रगतको माध्यमबाट दिमागमा पुग्दछ र ट्युमर बन्छ ।
ब्रेन ट्युमर दुई वर्गमा विभाजन गर्न सकिन्छ ।
पहिलो मेनिजिओमा – यो ट्युमर दिमागको बाहिरी सतहमा बन्दछ र यसलाई शल्यक्रियाद्वारा हटाउन सकिन्छ । दोस्रो एस्ट्रोसाइटोमा – यो अघिल्लो प्रकारको भन्दा डर लाग्दो हुन्छ र यसलाई WHO ले १९९३ मा वर्गिकरण गरेको हो ।
ब्रेन ट्युमरको लक्षणहरु :
ब्रेन ट्युमरको अवस्था अनुसार लक्षणहरु पनि फरक फरक हुन सक्छ । यद्दपि केहि यस्ता लक्षणहरु हुन्छन् जुन सबैमा समान हुन्छन् । ट्युमर बढ्ने क्रम सङ्गै यसले दिमागमा दबाव दिन थाल्दछ जसलाई मेडिकल भाषामा उच्च इट्राक्रेनियल दबाव भनिन्छ । बिरामीमा निरन्तर टाउको दुख्ने लक्षणहरु देखा पर्दछन् । सुघ्ने शक्ति कमजोर हुदै जान्छ । सामान्य कामहरु जस्तै लेख्ने, बोल्ने जस्ता कामहरु पनि गर्न सक्दैन । मुख्य कुरा त के भने बिरामीमा केहि अन्य रोगका लक्षण देखिदैन तर पनि ऊ बिरामी हुन्छ ।
साधारणतया ब्रेन ट्युमर पत्ता लगाउनको लागि MRI तथा CT स्क्यान गरिन्छ ।
ब्रेन ट्युमर हुनाका कारण :
ब्रेन ट्युमर खासै के कारणले हुन्छ भन्ने कुरा हालसम्म पत्ता लगाउन सकिएको छैन तर के कुरामा सन्देह गरिएको छ भने – जब टाउकोमा आयोनाइज विकिरण बढी भएमा ब्रेन ट्युमर हुने सम्भावना बढी हुन्छ । कसै-कसैलाई वंशाणुगत कारणले गर्दा पनि ब्रेन ट्युमर हुन सक्छ । एक अध्ययनले के पनि देखाएको छ भने लामो समय सम्म सेल फोन तथा विधुतिय उपकरणको प्रयोगले पैडा हुने तरंगको कारणले पनि ट्युमर हुन सक्छ । यद्दपि खास कारण भने लामो समयसम्म EMF विकिरणको बीचमा काम गर्ने व्यक्तिहरुलाई ब्रेन ट्युमर हुने सम्भावना बढी देखिएको छ ।
ब्रेन ट्युमरको उपचार :
ब्रेन ट्युमर अन्य क्यन्सर जस्तै हो । त्यसैले यसलाई पनि तीन विधि अपनाई उपचार गरिन्छ । ती हुन् विकिरण, शल्यक्रिया र केमिओ थेरापि । ट्युमर कुन अवस्थाको छ, कुन ठाउँ छ र कत्रो छ भन्ने जस्ता कुराहरुले कुन उपचार विधि अपनाउने भन्ने कुरा तय गरिन्छ । औषधि विज्ञानको उपलब्धि सङ्गै आजभोलि जटिल प्रकारको ट्युमरको पनि उपचार गर्न सकिन्छ जुन पहिले सम्भव थिएन ।
केमिओ थेरापि र रेडियो थेरापिका विधिहरु अफ्ठ्यारो ठाउँ आएका ट्युमरको उपचार गर्न प्रयोग गरिन्छ । कतिपय अवस्थामा चिकित्सकहरुले ट्युमरको अवस्था जान्नको लागि स्टेराइड औषधिको प्रयोग गर्न सक्छन् ।
नयाँ उपलब्ध भएका विधि अनुसार NSV भाइरसको अध्ययन गरेर पनि ट्युमरको उपचार गर्न सकिन्छ । हालै मात्र एक विश्व विध्यालयले NSV भाइरसको मद्दतले स्वस्थ सेललाई नोक्सान नपुर्‍याइ ब्रेन ट्युमर उपचार गर्न सकिने कुरा अनुसन्धानबाट पत्ता लगाएको थियो । पहिले यस भाइरसलाई क्यान्सर सेल नष्ट गर्ने तत्वको रुपमा चिनिन्थ्यो । यद्दपि यो भाइरसको पूर्ण उपयोगिताको बारेमा अध्ययन गर्न भने बाँकी नै रहेको छ ।